प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरेको कांग्रेस संसदीय दलको निष्कर्ष


काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ ।

बिहीवार बसेको कांग्रेस संसदीय दलको बैठकले संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति कांग्रेस प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको निष्कर्ष निकालेको हो ।

त्यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय पनि गरिएको छ । गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement