कांग्रेसले टुंग्यायो मधेश सरकारमा जाने ४ मन्त्रीको नाम

कांग्रेसले टुंग्यायो मधेश सरकारमा जाने ४ मन्त्रीको नाम


जनकपुरधाम – नेपाली कांग्रेसले मधेश सरकारमा जाने ४ मन्त्रीको नाम टुंगो लगाएको छ ।

आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई मन्त्री बनाएर पठाउने निर्णय गरेको हो ।

प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।

कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।