कांग्रेसका नवनियुक्त मन्त्रीहरूद्वारा बीपीको शालिकमा माल्यार्पण

कांग्रेसका नवनियुक्त मन्त्रीहरूद्वारा बीपीको शालिकमा माल्यार्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को शालिकमा माल्यार्पण गरेका छन् ।

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले केन्द्रीय कार्यालय पुगेर बीपीको सालिकमा माल्यार्पण गरी पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलबाट सगुन ग्रहण गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपश्चात् नवनियुक्त मन्त्रीहरूले रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर लौहपुरुष गणेशमान सिंहको तस्वीरमा समेत माल्यार्पण गरेका थिए ।