कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।कांग्रेसले मंगलबार अपराहन्न १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा बाढी पहिरोले निम्त्याएको प्रकोपसहित समसामियक बिषयमा छलफल हुने सांसद रामहरि खतिवडाले बताए ।हिजो बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीको सांसदहरुको १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

भोलिको बैठकमा त्यसबाहेक सरकारले विपद्को बेलामा गरेको कामकारवाहीको बिषयमा पनि समीक्षा गर्ने तयारी छ ।