कांग्रेस भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन

कांग्रेस भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले  भ्रातृ संस्थाहरूको महाधिवेशन चैत्र मसान्तसम्ममा अनिवार्य  सम्पन्न गर्नका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको २०८१ श्रावण २३ को निर्णय बमोजिम नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन २०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउनु पर्ने छ । जसका लागि प्रत्येक भ्रातृ संस्थाका ३–३ जना संयोजक र सदस्यलाई लिएर समिति गठन गरिएको हो । 

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सहमहामन्त्री  उमाकान्त चौधरीको संयोजकत्व रहने छ भने पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य रहेका छन् । 

यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सहमहामन्त्री  महालक्ष्मी उपाध्याय ‘डिना’को  संयोजकत्वमा सरिता प्रसाईँजितजङ्ग बस्नेत सदस्य रहेका छन् भने नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सहमहामन्त्री किशोर सिंह राठौर संयोजकत्वमा प्रतिमा गौतम र राजिव ढुंगाना सदस्य रहेका छन् ।