कांग्रेस बैठक ४–५ दिनसम्म चल्ने, के हुँदैछ छलफल ?

कांग्रेस बैठक ४–५ दिनसम्म चल्ने, के हुँदैछ छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै ४–५ दिनसम्म चल्ने बताएका छन् ।

सोमबार केन्द्रीय समितिको बैठकपश्चात उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरू राख्न समय लाग्ने बताए ।

अधिवेशन हुन नसकेका भातृ संगठनहरूको सम्बन्धमा सम्बन्धित भातृ संगठनका नेतृत्वले आफ्नो आफ्नो दृष्टिकोण पनि बैठकमा प्रस्तुत गर्ने बताए ।

भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्थाको छलफल भएको छ ।

विधानत: हरेक २ महिनामा बस्नुपर्ने बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको छ । बैठकमा पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि पेश गरिएको छ । बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने कार्यसूची रहेको छ ।