काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको नेता छान्नका लागि निर्वाचन हुने भएको छ ।
पार्टीको तर्फबाट दलको नेता चयनका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा गठन भएको समितिले निर्वाचन प्रक्रिया सुरु गरेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार बिहीबार कांग्रेसले मतदाता नामावली सार्वजनिक गरेको छ । वैशाख ११ गते बिहान ११–१२ बजेसम्म उम्मेदवारी दर्ता र ४–५ बजेसम्म मतदान हुनेछ ।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार रहेका बताइएको छ । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् ।




प्रतिक्रिया