काठमाण्डु– कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा आङ्देम्बेलाई दलको नेता बनाउने निर्णय गरेको हो ।
सो निर्णयलाई जारी संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी रहेकाे नेता नैन सिंह महरले काठमाण्डुपाटीलाई बताए ।छ ।
सोमबार बिहान उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएका थिए ।
पूर्वसहमहामन्त्री अर्जननरसिंह केसी, मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दाबी गरेकोमा आङ्देम्बेलाई दल नेता बनाउने सहमति जुटेको हाे ।
पार्टीले जुटाएको सहमति अनुसार सांसदहरूबीचमा छलफल भइरहेकाे छ ।
कांग्रेसमा ३८ जना सांसद छन्। आङदेम्बे पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन्।




प्रतिक्रिया