कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानले तोक्यो ७ वटा उपसमितिका संयोजक

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानले तोक्यो ७ वटा उपसमितिका संयोजक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७ वटा उपसमितिका संयोजक तोकेको छ।प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले ७ वटा विषयगत उपसमितिका संयोजक तोकेको हो ।

अर्थ योजना उपसमितिको संयोजकमा प्रा.डा. गोविन्दराज पोखरेल चयन भएका छन् भने जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी, नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम र अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन्।

यस्तै, बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमितिको संयोकजमा गोपालप्रसाद पोख्रेल र गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।