कांग्रेसको नीति प्रतिष्ठानअन्तर्गत थप ६ उपसमिति गठन

कांग्रेसको नीति प्रतिष्ठानअन्तर्गत थप ६ उपसमिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत थप ६ वटा उपसमिति गठन गर्दै संयोजकको जिम्मेवारी तोकेको छ ।

पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको छैटौं बैठकले अन्तर्राष्ट्रिय सम्बन्धदेखि स्थानीय तहको सुशासनसम्मका विभिन्न विषयमा केन्द्रित उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजकमा कैलाश केसी, यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजकमा प्रतीक्षा चापागाई, ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको संयोजकमा अनुपा श्रेष्ठ, सिमान्तीकृत वर्ग र समुदाय: संवाद र सशक्तिकरण उपसमितिको संयोजकमा नरेन्द्र पासवान तथा स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाललाई जिम्मेवारी दिइएको छ ।

बैठकले पार्टी सभापतिसँगको परामर्शमा हालसम्म गठन भएका उपसमितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई आवश्यक सहजीकरणको जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ ।

प्रतिष्ठानका अनुसार हालसम्म विभिन्न विषयगत क्षेत्रमा केन्द्रित ३१ वटा उपसमिति गठन भइसकेका छन् । यी उपसमितिमार्फत पार्टीका नीतिगत अध्ययन, अनुसन्धान, प्रशिक्षण तथा समसामयिक विषयमा सुझाव तयार गर्ने कार्यलाई थप व्यवस्थित बनाइने अपेक्षा गरिएको छ ।