कांग्रेसको विशेष महाधिवेशन विवादमा नयाँ मोड, सर्वोच्चले पुनः सुनुवाइ गर्ने

कांग्रेसको विशेष महाधिवेशन विवादमा नयाँ मोड, सर्वोच्चले पुनः सुनुवाइ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ ।

सर्वोच्चले विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने आफ्नो पूर्वफैसलामा पुनरावलोकनको ढोका खोलेको हो ।

पूर्वसभापति शेरबहादुर देउवा र डा. शशांक कोइराला पक्षले यसअघिको फैसलामाथि पुनरावलोकन हुनुपर्ने माग गर्दै दायर गरेको निवेदनमा सर्वोच्चले बिहीबार निस्सा प्रदान गरेको हो ।

प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनरावलोकनको अनुमति दिएको हो । अब उक्त मुद्दा पूर्ण इजलासमा सुरुदेखि नै सुनुवाइ हुनेछ ।

पूर्ण इजलासले यसअघि भएको फैसला सदर गर्ने वा उल्ट्याउने विषयमा अन्तिम निर्णय गर्नेछ । पुनरावलोकनको अनुमति दिने इजलासका न्यायाधीश भने उक्त सुनुवाइमा सहभागी हुन पाउने छैनन् ।


पूर्ण इजलासले अघिल्लो फैसला उल्ट्यायो भने विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने पक्षको दाबी स्थापित हुनेछ र विशेष महाधिवेशनले कानुनी मान्यता पाउने छैन ।

तर, अघिल्लो फैसला सदर भए विशेष महाधिवेशनको वैधानिकता यथावत् कायम रहनेछ ।