कांग्रेस संस्थापनइतर समूहको भेलामा विधान संशोधनसहित विभिन्न प्रस्ताव पेश

कांग्रेस संस्थापनइतर समूहको भेलामा विधान संशोधनसहित विभिन्न प्रस्ताव पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधनसहित विभिन्न प्रस्ताव पेश भएका छन् ।

काठमाण्डुको सुकेधारास्थित पार्टी प्यालेसमा जारी राष्ट्रिय भेला अन्तर्गतको बन्दसत्रमा विधान संशोधन लगायत विभिन्न प्रस्ताव पेश गरिएको हो ।

भेलामा नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणा पत्र पेश गरेका छन् । जसमा सामान्यतया १ व्यक्ति १ पटकमा १ पदमा मात्र जिम्मेवारीमा रहन सक्ने गरी आवश्यक व्यवस्था गरिएको छ ।

भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधिविपरीत अपमानित गर्ने कार्य भएको उल्लेख छ ।

बैठकमा नेता डा. प्रकाशशरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा र एनपी साउँदले समसामयिक प्रस्ताव प्रस्तुत गरेका छन् । बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल भएर आईतबार आवश्यक निर्णयसहित पारित हुने नेता मोहन बस्नेतले जानकारी दिए ।