कांग्रेस बैठकमा बाढी प्रभावित क्षेत्रबारे छलफल, भोलि पनि बस्ने

कांग्रेस बैठकमा बाढी प्रभावित क्षेत्रबारे छलफल, भोलि पनि बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे छलफल भएको छ ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आईतबार बैठक बसेको हो ।

भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग भेटघाट र छलफल गरेपछि सभापति थापाले बैठकलाई यथार्थ वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

बैठकमा आईतबार १७ जना नेताले आ–आफ्नो धारणा राखेका छन् । छलफल जारी रहेकाले बैठक भोलि सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुन: बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

आईतबारको बैठकमा सहमहामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामासहित अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्र प्रसाद चौधरी, रमेश रिजाल, अर्जुन प्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, अजय कुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्र कुमार केसी, इन्जिनियर मोहन आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, भरत कुमार शाह र सुधीर कुमार शिवाकोटीले धारणा राखेका थिए ।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पनि बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।