काठमाण्डु- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी महाधिवेशनमा सभापतिको दाबेदार रहेका नेताहरूको बैठक बोलाएका छन्। सो बैठक आज अपराह्न ४ बजे बसुन्धरास्थित दियालो फुडल्यान्डमा बस्ने गरि बोलाइएको हो । कांग्रेसको १४ औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुन लागेको छ ।
त्यसमा सभापति शेरबहादुर देउवासहितका नेताहरूले उम्मेदवारी दिने जनाएका छन् । नेता केसीले बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, रामशरण महत, डा.शेखर कोइराला, नेत्री सुजाता कोइरालालाई बोलाएका हुन् ।
सभापतिका लागि साझा उम्मेदवार बनाउनका लागि छलफल गर्न लागिएको उनले जानकारी दिएका छन् । नेता केसी पनि सभापतिका लागि दाबेदार रहेका छन्।
प्रतिक्रिया