काठमाण्डु – नेपाली कांग्रेसले भोलि बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बस्ने गरी बैठक बोलाएको हो ।
कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन भनिएको उनले जानकारी दिए ।
कांग्रेसले घोषणा गरेअनुसार असोज ३ गतेदेखि १५ औँ महाधिवेशनको प्रक्रिया सुरू हुँदैछ ।




प्रतिक्रिया