काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत तेस्रो दिनसम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६–१९ गतेसम्म हुने महाधिवेशनका लागि असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रिया असोज ५ गतेसम्म आइपुग्दा ६३ जिल्लामा सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डु, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, बागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलालीमा वडा अधिवेशन सम्पन्न भएका छन् ।
धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका ३ वडा, नवलपरासी क्षेत्र नम्बर २, डडेल्धुराका ४ वडा, रुपन्देहीका ३ वडा, महोत्तरीका ८ वडा तथा सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेको निर्वाचन समितिले जनाएको छ ।
धादिङ, नुवाकोट तथा असोज ५ गतेसम्म अधिवेशन सम्पन्न हुन बाँकी रहेका अन्य वडाको अधिवेशन असोज ६ गते मंगलबार पनि जारी रहने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिमार्फत वडा अधिवेशन प्रक्रियाबारे जानकारी गराइएको छ ।





प्रतिक्रिया