संसद्ले प्रधानमन्त्री कहाँ जाँदै हुनुहुन्छ भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाउनुपर्ने हो ?

संसद्ले प्रधानमन्त्री कहाँ जाँदै हुनुहुन्छ भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाउनुपर्ने हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणबारे संसद्ले सञ्चारमाध्यमबाट जानकारी पाउनुपर्ने अवस्था आएको भन्दै सरकारप्रति प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद अवालले प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न न्युयोर्क पुगेको जानकारी संसद्ले सञ्चारमाध्यमबाट मात्रै पाएको बताइन्।

उनले प्रधानमन्त्रीको विदेश भ्रमणको विषयलाई सामान्य सूचना व्यवस्थापनको कमजोरीका रूपमा मात्रै हेर्न नहुने धारणा राखिन्। उनका अनुसार यसले संसद्प्रति सरकारको जवाफदेहिता र राज्यका निकायबीचको सम्बन्धबारे समेत प्रश्न खडा गरेको छ।

अवालले भनिन्, ‘प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न न्युयोर्क पुगेको जानकारी हामीले सञ्चारमाध्यमबाट प्राप्त गर्‍यौँ नेपालको प्रधानमन्त्री कहाँ जाँदै हुनुहुन्छ भन्ने जानकारी संसद्ले सञ्चारमाध्यमबाट मात्र थाहा पाउनुपर्ने हो ?’ उनले यो केवल सूचना व्यवस्थापनको कमजोरी नभई संसदीय संस्थाप्रतिको दृष्टिकोणको प्रश्न भएको बताइन् । ‘नेपालको संविधानले राज्यका विभिन्न अङ्गबिचको सम्बन्ध, नियन्त्रण र सन्तुलन तथा संसदीय जबाफदेहितालाई लोकतान्त्रिक शासनको आधार बनाएको छ,प्रधानमन्त्री विदेश जानु भयो कि भएन भन्ने कुराभन्दा पनि प्रधानमन्त्री र संसद् बिचको सम्बन्ध कस्तो रहने भन्ने कुरा ठुलो प्रश्न हो।’

सांसद अवालले थपिन् प्रधानमन्त्री एक्लै राष्ट्र होइन, सरकार एक्लै राज्य होइन । प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय उपस्थिति व्यक्तिगत उपस्थिति होइन, त्यो नेपालको प्रतिनिधित्व हो ।