कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति दुई दिन पछि सारिएको जानकारी दिएका हुन्।

यसअघि असोज १६ गतेदेखि सुरु गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज १८ गते दिउँसो २ बजे काठमाण्डुको खुलामञ्चमा हुने भएको छ।

विज्ञप्तिमा १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू जारी रहेको उल्लेख छ।

‘नेपाली कांग्रेस १५ औं महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् । यसै बीचमा देशमा बिभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ । यस परिस्थितिलाई मध्येनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २:०० बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ।’ विज्ञप्तमा भनिएकाे छ ।