कांग्रेसको देउवा पक्षको महाधिवेशन कार्यतालिका निर्वाचन आयोगको अभिलेखमा दर्ता

कांग्रेसको देउवा पक्षको महाधिवेशन कार्यतालिका निर्वाचन आयोगको अभिलेखमा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूह शेरबहादुर देउवा पक्षले गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगको अभिलेखमा दर्ता भएको छ ।

देउवा पक्षले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिका सहितको पत्र मंगलबार आयोगमा बुझाएकोमा अभिलेखमा राख्ने तोकादेश भएको छ ।

देउवाले सभापतिकै हैसियतमा हस्ताक्षर गरी दर्ताका लागि दिएको निवेदनलाई आयोगले दर्ता गरेको छ । आयोगले अभिलेखमा राख्ने निर्णय गरेको पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको ५ वर्षको कार्यकाल आगामी मंसिर मसान्तमा सकिने भएकाले विधानअनुसार सबै तहमा अधिवेशन गर्न लागेको जनाइएको छ । जसमा उल्लेख कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २०८३ मंसिर २१,२२ र २३ गतेसम्म काठमाण्डुमा आयोजना गरिनेछ ।