काठमाण्डु – नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति (महिला) तर्फको पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
गुरुङले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्तास्थल पुगेर समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । गुरुङले सोही प्रक्रियाअन्तर्गत उपसभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
गुरुङ कांग्रेसकी नेत्रीका रूपमा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन् । उनले यसपटक पदाधिकारीतर्फ उपसभापतिमा दाबी प्रस्तुत गरेकी छन् ।




प्रतिक्रिया