कांग्रेसको समावेशी उपसभापतिमा रञ्जित कर्णको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा रञ्जित कर्णको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कर्णले मंगलबार काठमाण्डुस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्तास्थल पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । कर्णले सोही प्रक्रियाअन्तर्गत समावेशी समूहबाट उपसभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

महाधिवेशनबाट कांग्रेसले सभापतिसहित नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ । विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेसँगै उपसभापति पदमा पनि उम्मेदवारहरूको संख्या बढ्दै गएको छ ।