काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै सभापति गगनकुमार थापालाई समर्थन गर्ने घोषणा गरेका हुन्।
राठौरले गगन थापाले पार्टीभित्र मिलेर अघि बढ्न राखेको प्रस्तावलाई समर्थन गर्दै आफूले सभापतिको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए।
उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताए।
यसअघि १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका थिए।
राठौरले उम्मेदवारी फिर्ता लिएसँगै अब सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।
सभापति पदका उम्मेदवार
१. गगनकुमार थापा
२. श्यामकृष्ण खड्ग



प्रतिक्रिया