काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ।
१ हजार २५ मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र समावेशी उपसभापतिमा बिनोदकुमार चौधरीले अग्रता लिएका छन्।
खुला उपसभापतिमा भण्डारीले ५४३ मत पाएका छन्। दोस्रो स्थानमा रहेका ई. मधु आचार्यले २९५ र गोविन्द भट्टराईले २४५ मत प्राप्त गरेका छन्।
सुरेन्द्रराज पाण्डेले २४४, दीपक गिरीले २१२, धनराज गुरुङले १७६ र प्रा. डा. चन्द्रमोहन यादवले ११८ मत पाएका छन्।
समावेशी उपसभापतिमा बिनोदकुमार चौधरीले ३०१ मतसहित अग्रता कायम गरेका छन्। जीवन परियारले २४६, फरमुल्लाह मंसुरले १४३, सीता गुरुङले १३१ र रंजीत कर्णले ८७ मत प्राप्त गरेका छन्।
महामन्त्रीको खुला दुई पदमा प्रदीप पौडेल ५९५ मतसहित पहिलो स्थानमा छन्। अमरसिंह पुन मगरले ३९९ मत पाउँदा उदयशमशेर राणाले ३२३ मत प्राप्त गरेका छन्।
त्यस्तै, डा. सुनिलकुमार शर्माले २५९, गुरुराज घिमिरेले १४९, नैनसिंह महरले १११, शंकर तिवारीले १७ र डा. सन्तोष उपाध्यायले १६ मत पाएका छन्।
महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ले ४८१ मतसहित अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ४३६ र रीता खनालले १२६ मत प्राप्त गरेकी छन्।



प्रतिक्रिया