कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा शाही निर्वाचित

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा शाही निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाउँदा राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन्।

निर्वाचन समितिले मतगणना सम्पन्न भएको जानकारी गराए पनि औपचारिक रूपमा निर्वाचन परिणाम घोषणा गर्न भने बाँकी रहेको छ।

शाही यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्री पदमा उम्मेदवार बनेका थिए। त्यतिबेला उनी पराजित भएका थिए। यसपटक भने शाहीले फराकिलो मतान्तरसहित जित हात पारेका हुन्।