प्रहरीमा एकतह बढुवा गर्न छायाँ सरकारका गृहमन्त्रीको आग्रह


काठमाडौं – नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्रहरी समायोजनमा निजामती कर्मचारीको समायोजनको सुत्र लागू गर्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभामा बुधवार भएको ‘प्रहरी समायोजन ऐन २०७५’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद बडूले प्रदेशमा जाने प्रहरीलाई ग्रेड बढुवाभन्दा एक तह बढुवा गर्दा प्रहरीमा मनोबल बढ्ने बताएका हुन् । सांसद बडू नोपली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री हुन् ।

‘भर्खरै निजामती कर्मचारीको समायोजन गर्दा एक तह बढुवा गरेका छौं । प्रहरीको दुई ग्रेड थप्ने भन्दा एकतह बढुवा दिँदा धेरै ठूलो आर्थिक व्ययभार देखिँदैन,’ बडूले भने ।

कांग्रेसकी मीना पाण्डेले पनि एक तह बढुवा गर्नु उपयुक्त हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement