कांग्रेसले भन्यो-बागमतीका मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्नू

कांग्रेसले भन्यो-बागमतीका मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ।

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ।

सोमबार मुख्यमन्त्री थापाले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना सदस्यलाई सोहीअनुसार मतदान गर्न ह्विप जारी गरेको हो।

बिहीबार एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकारमा दाबी गरेका थापा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले ७ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका थिए ।