कांग्रेसको आरोपः बालेन्द्र शाह मष्तिस्कमा उत्तरकोरिया बोकेर हिँडेका छन्

कांग्रेसको आरोपः बालेन्द्र शाह मष्तिस्कमा उत्तरकोरिया बोकेर हिँडेका छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संविधान र लोकतन्त्रको बाटोबाट आएको भए पनि मष्तिस्कमा उत्तरकोरिया बोकेर हिँडेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री शाह नेतृत्वको सरकारको सय दिनको बाटो सुल्टो नभई उल्टो दिशामा रहेको बताए ।

लोकतन्त्र संवादबाट चल्नुपर्नेमा सरकार संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएर अघि बढेको टिप्पणी उनको थियो ।

‘लोकतन्त्रको आधार संवाद हो । लोकतन्त्र संसवादबाट चल्छ । सहमतिबाट अघि बढ्छ र असहमतिलाई सम्मान गर्छ । तर, विगत सयय दिनमा सरकारको कार्यशैली हेर्दा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो’, आङ्देम्बेले भने, ‘लोकतान्त्रिक बाटो सुल्टो हो । सुल्टोबाटो आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ, सही गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा पुग्न सही बाटो हिँड्नुपर्छ । छिटो हिँडेर मात्र पुगिँदैन । हिँड्ने बाटो सही हुनुपर्छ । प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मष्तिस्कमा उत्तरकोरिया बोकेर हिँड्नुभएको भान मलाई भइरहेको छ । यो राम्रो संकेत पटक्कै होइन ।’


राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा सरकार एक्लै अघि बढ्न खोजेको टिप्पणी उनको छ ।

उनले खुट्टा सुल्टो र जुत्ता उल्टो लगाएर हिँडे प्रधानमन्त्री शाह गन्तव्यमा पुग्न नसक्ने बताए ।