‘बाँस्कोटाको प्रवक्ता नबनिदिनोस्, प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ !’


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अडियो टेप प्रकरणमा गोकुल बाँस्कोटालाई बचाउ गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र लेखेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन माग गरेको अडियोबारे निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेपछि प्रवक्ता शर्माले आफ्नो ट्वीटरमार्फ प्रधानमन्त्रीलाई सुझावस्वरुप बाँस्कोटाको प्रवक्ता नबन्न आग्रह गरेका छन् ।

‘प्रधानमन्त्रीलाई सुझाव पत्र ! पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया ।’ प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गरेपछि प्रवक्ता शर्माले अरूको काम पनि आफैँ गर्दा प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो । अरूको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ । अझ अडियोको प्राविधिक परिक्षणसम्म यहाँले नै ?’

प्रतिक्रिया दिनुहोस
Advertisement