काठमाण्डु– कांग्रेस संस्थापन इतर शेरबहादुर देउवा पक्षले आसन्न राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको घोषणा गरिएको हो
सो समूहा प्रवक्ता एवं भेला प्रचार–प्रसार समिति संयोजक मिनबहादुर विश्वकर्माले भेला सफल पार्न कोइराला नेतृत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन भएको जानकारी दिए ।
विश्वकर्माका अनुसार मूल आयोजक समितिसँगै विभिन्न कार्यसम्पादनका लागि १६ वटा उपसमिति पनि गठन गरिएका छन् ।
राष्ट्रिय भेलाको तयारी, व्यवस्थापन, समन्वय र प्रचारप्रसारलगायतका जिम्मेवारी दिएर ती समिति गठन गरिएको उनले बताए ।
देउवा समूहले आगामी २९ देखि ३१ साउनसम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना यसअघि नै घोषणा गरिसकेको छ ।




प्रतिक्रिया