देउवा समूहले मुगुको सोरूमा बनायो १९ वर्षीयलाई वडा सभापति

देउवा समूहले मुगुको सोरूमा बनायो १९ वर्षीयलाई वडा सभापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले मुगुको सोरू गाउँपालिका–३ मा १९ वर्षीय युवालाई वडा सभापति बनाएको छ।

१५औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न वडाअधिवेशनले १९ वर्षीय पवन कार्कीलाई वडा सभापति बनाएको हो।

कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ । कांग्रेस महासमिति सदस्य धर्मराज शाहीको उपस्थितिमा वडा अधिवेशन भएको हो ।

संस्थापनइतर समूहले पार्टी संरचनामा युवालाई अवसर दिने नीतिअन्तगर्त १९ वर्षीय युवालाई वडा सभापति बनाएको नेता शाहीले बताए ।

‘गगन थापा समूह जिल्ला–जिल्लाबाट आफ्ना नातेदारको सूची बोकेर काठमाडौं पुग्दै गर्दा हामी कांग्रेसको संरचनामा वास्तविक युवालाई अवसर दिने नीतिमाका छौं,’ शाहीले भने ।