कांग्रेसमा देउवाविरुद्ध मोर्चाबन्दी, प्रकाशमानको घरमा पौडल पक्षधरको भेला


काठमाडौं – नेपाली कांग्रेसको असन्तुष्ट समुह वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले आइतबार छुट्टै भेला गरेका छन् । महासमिति बैठकमा पेश हुने संशोधित विधानका विषयमा धारणा बनाउन उनीहरु छलफलमा जुटेका हुन् ।

केही समयअघिदेखि असन्तुष्ट समुहले देउवाविरुद्ध मोर्चाबन्दी गरिरहेको छ। यसैबीच आइतबार पनि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरमा देउवासँग असन्तुष्ट नेताहरूको बैठक सम्पन्न भएको छ। असन्तुष्ट नेताहरूले देउवाविरुद्ध मोर्चाबन्दी गर्दै महासमिति बैठक र आसन्न महाधिवेशनमा देउवाका विरुद्ध एउटै धारणा बनाउने कोशिश गरेका हुन्।

यसबीचमा कोइराला समुहका नेताहरू र कृष्णप्रसाद सिटौला समूह पनि रामचन्द्र पौडेलको समुहसँग नजिक भएका छन्। आउँदो महाधिवेशन र महासमिति बैठकमा एकढिक्का भएर अघि बढ्ने प्रयास स्वरुप असन्तुष्ट समुहले केही समयअघिदेखि बैठक तथा छलफल गरिरहेको बैठकमा संलग्न एक नेताले बताए।

केन्द्रीय समितिमा समेत विधानका विषयमा यो समुहले एकै ठाउँमा उभिने प्रयास गरेको छ। आउँदो महाधिवेशनसम्ममा सभापति देउवालाई कमजोर बनाएर आफूहरू अघि बढ्ने प्रयास यो समुहले गरिहेको छ। नेता रामचन्द्र पौडेलले यो समुहको नेतृत्व गरिहेका छन्। बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, केन्द्रीय सदस्यहरु शेखर कोइराला, नवीनद्रराज जोशी, गगन थापा, चन्द्र भण्डारी, अर्जुननर सिंह केसी, प्रकाशमान सिंहलगायत बैठकमा उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement