उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाण्डु – नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज बस्न लागेकाे हाे ।

कांग्रेसको कार्य सम्पादन समितिको बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ (१)मा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । इलाममा तत्कालीन एमालेका सांसद सुवास नेम्वाङको निधन भएकाले र बझाङमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement