प्रदेश अधिवेशनका लागि कांग्रेसले खटायो २१ निर्वाचन अधिकृत, कुन प्रदेशमा को ? (सूचीसहित)


काठमाण्डु – नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बिहीबारबाट सुरु हुने प्रदेश अधिवेशनका लागि २१ जना निर्वाचन अधिकृत खटाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सात प्रदेशका लागि तीन–तीन जनाका दरले २१ अधिकृत खटाएको हो ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन अधिकृतहरूलाई सम्बन्धित प्रदेशमा खटाइसकिएको छ । कांग्रेसले स्थानीय र प्रदेश अधिवेशन सम्पन्न गराउन केन्द्रीय नेताहरूलाई जिम्मेवारी समेत तोकिसकेको छ ।

कुन प्रदेशमा को निर्वाचन अधिकृत खटिए ?

प्रदेश १  – भरतबहादुर थापा, सीताराम राई र उत्तम पौडेल

प्रदेश २ – प्रह्लाद गौतम, अरुणकुमार यादव र विनयकुमार शाह

बागमती प्रदेश – केशव काफ्ले, ज्ञानेन्द्रप्रसाद अधिकारी र होमनाथ नेपाल

गण्डकी प्रदेश – कृष्णबहादुर थापा, विष्णुकुशल भुजेल र यज्ञबहादुर राणा

लुम्बिनी प्रदेश – प्रा.डा. बुद्ध थापा, घनश्याम पन्त र जीवनारायण अधिकारी

कर्णाली प्रदेश – अरुण पौडेल, विवश बस्नेत र कृष्णप्रसाद शर्मा

सुदूरपश्चिम प्रदेश – वीरबहादुर जेठारा, घनश्याम पाध्या र सुवासचन्द्र उपाध्याय

प्रतिक्रिया दिनुहोस
Advertisement