कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा देउवा पक्षको प्यानल नै बिजयी


काठमाण्डु – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायर बिजयी भएका छन् । स्थापनइतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गर्दै बलायर निर्वाचित भएका हुन् ।

कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत प्राप्त गरेका थिए । पदाधिकारीमा पनि बलायरको प्यानल नै विजयी भएको छ ।

उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement