नेपाली कांग्रेसमा कुनै पनि गुट उपगुट छैन : नेता विमलेन्द्र निधि


विराटनगर – नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए । उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने , “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ”

प्रतिक्रिया दिनुहोस
Advertisement