नेपाली कांग्रेस भन्ने पार्टी छ,हावा न चावाको : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको बताएका छन्।

बुधवार काठमाडौंमा मदन-आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले कांग्रेस कर्तव्यविमुख भएको भन्दै राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने बताएका हुन् ।

उनले काँग्रेस किंकर्तव्यविमूढ भएको आरोप लगाए। उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए। अध्यक्ष ओलीले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको समेत बताए।

उनले भने, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुले लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली काँग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली काँग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।

उनले अब देश बनाउने अभिभारा नेकपा एमालेको भएको दाबी पनि गरे। उनले भने, यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन ।हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ ।

प्रतिक्रिया दिनुहोस
Advertisement