कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा पौडेल पक्षको अग्रता


काठमाण्डु – नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अग्रता लिएको छ । २६५ मत गणना हुँदा सभापति सहितका पदाधिकारी र सदस्यमा पौडेल पक्षका अमरसिंह पुनको प्यानलले अग्रता लिएको हाे ।

पुनले १५७ मत ल्याएका छन् भने देउवा पक्षीय सभापतिका उमेद्वार भरत शाहले १०७ मत ल्याएका छन् । प्रदेश सदस्यको गणनामा पनि पुनको प्यानल अघि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement