मकवानपुरमा कांग्रेस ३, एमाले र माओवादी १-१ वटा वडामा विजयी


हेटौंडा – मकवानपुर जिल्लामा नेपाली कांग्रेसले ३, नेकपा एमालेले र नेकपा माओवादीले १/१ वटा वडामा जित हासिल गरेका छन् । भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी भएको छ । त्यसैगरी भीमफेदी गाउँपालिका वडा नम्बर २ मा एमाले र थाहा नगरपालिका वडा नम्बर १ मा माओवादीका उम्मेदवाहरु विजयी भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा भने सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबीच चर्काे प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा कांग्रेसले दुईसय भन्दा बढी मतान्तरले अग्रता कायम गरिरहेको छ । हेटौंडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा सत्तारुढ गठबन्धनले अग्रतालाई विस्तारै फराकिलो बनाउँदै लगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement