गृहमन्त्रीको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

गृहमन्त्रीको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक सोमबार बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्ने छ।

समसमायिक राजनीतिक विषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

पार्टीभित्रै गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो। पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ।

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो। उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन्। यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको थियो।

बैठकमा गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा संलग्नता आरोपका विषयमा नेताहरूले कुरा उठाउने र सभापति देउवाले जवाफ दिने कार्यक्रम छ।

यस्तै क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ।