नेपाली कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै


काठमाण्डु – नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ ।

लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको हो ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार दिऊसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम आयोजना हुनेछ ।

२०१७ साल पुस १ गतेको शाही कुपछि जेलमा परे कांग्रेस संस्थापक नेता बीपी कोइराला २०२५ कात्तिक १४ गते जुलमुक्त भएलगत्तै भारत निर्वासित भएका थिए ।

भारतमा आठ वर्ष बिताएपछि राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने भन्दै बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । सोही दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement