खानेपानी मन्त्रीलाई कालो झण्डा देखाउँदा कांग्रेस र नेकपा कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते


कञ्चनपुर – कञ्चनपुरको डोकेबजारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

कांग्रेस कार्यकर्ताले खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खाजेपछि कांग्रेस र नेकपाका कार्यकर्ताबीच हात हालाहाल भएको हो ।

खानेपानी मन्त्री मगर बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्धघाटनका लागि जाने क्रममा आफ्नो क्षेत्रका समस्यालाई शसक्त रुपमा उठाउन नसकेको तथा जनताका काममा ध्यान नदिएको भन्दै कांग्रेसले केही समय चक्काजाम गर्नुका साथै कालो झण्डा देखाएको थियो ।

झडपमा परी नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापती गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, नेपाली कांग्रेसकै कार्यकर्ता विक्रम चन्द सहित ४ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चन्दको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement