कांग्रेस प्रदेश १ को मतगणना जारी


विराटनगर – नेपाली कांग्रेसका प्रदेश नं १ को मतगणना जारी छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने तयारी थियो । तर, आचारसंहिता निर्माण र उमेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएपछि दिउँसो साढे १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

आइतबार साँझ सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो । निर्वाचनमा पौडेल–कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा छन् । निर्वाचनको मतगणना स्थल मोरङ कांग्रेस पार्टी कार्यालयमा उमेदवार, तिनका प्रतिनिधि र कार्यकर्ताको ठूलो उपस्थिती छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement