कांग्रेस र राजपाबीच भयाे गठबन्धनको सहमति


काठमाडौं – साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धनको सहमति भएको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा असार २० गते काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा काँग्रेससँग भएको छलफलमा सहमति भएको बताए ।

सरकारमा रहेका दलहरुले राजपा नेपालले उठाएको मुद्दालाई वेवास्ता गरेका बताउँदै प्रतिपक्षमा हुनेले साथ दिन्छ भने गठबन्धन बन्ने उनले बताए ।

उनले भने, ‘सरकारमा रहेका दलले सेना परिचालन, मिडियासम्बन्धी विधेयकमा राम्रो व्यवहार देखाएको छैन । लोकसेवा आयोगको विषयमा केही बोलिरहेको छैन ।’

समावेशी समानुपातिक प्रणाली कार्यान्वयन गर्नुको सट्टा सरकार जनताप्रति निरकुंश हुँदै गइरहेको दावी गर्दै संयोजक झाले समयको माग र बाध्यताका कारण गठबन्धन गर्ने निष्कर्षमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement