सरकारलाई सबै राजनीतिक शक्तिको साथ छ, सिमा समस्या समाधान गर्न सरकार चुक्नुहुँदैन : रामचन्द्र पौडेल


निजगढ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारतबीच चर्किएको सीमा समस्यामा सरकार चुक्न नहुने बताएका छन् । बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले सबै राजनीति शक्तिको साथ पाएको वर्तमान सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् ।

‘सीमाको समस्या धेरै पहिले देखि हो तर यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ, तपाईंले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ । दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन् । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौ । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो । हामीले हेर्ने बेला आएको छ ।’

नेता पौडेलले काँग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउँदै त्यसका लागि छिट्टै महाधिवेशनको कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । पौडेलले निजगढ विमानस्थल र फाष्टट्रयाकलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती जनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement