अहिलेको सरकार छेपारोले घ्याम्पो हेरेर बस्ने जस्ताे- प्रकाशमान सिंह


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले ल्याएको आर्थिक वर्ष २०७६–७७ को बजेटले जनताको हितमा हुने खासै ठोस योजना ल्याउन नसकेको आरोप लगाएका छन् ।

प्रनितिनिधि सभाको बैठकमा बोल्दै सिंहले बजेटमा पहिलो चरणको काम नसकेपनि दोस्रो चरणको काम हुन्छ भन्नुमा जनतालाई झुलाउने काम मात्र गरेको आरोप लगाए ।

अहिले देशमा संघीयता आएपनि सरकारको मनस्थिती केन्द्रीकृत एकात्मक मनस्थिती मै सीमित भएको उनको तर्क छ ।

आगामी आवमा प्रान्तीय र स्थानीय सरकारलाई दिएको बजेट कम भयो । उनले भने ‘चालु आवमा ३२ प्रतिशतको हाराहारीमा रहेपनि अहिले ३० प्रतिशतमा झारेको छ ।’ कमजोर मनस्थितीबाट आएको आरोप लगाएका छन् ।

अहिलेको सरकार छेपारोले घ्याम्पो हेरेर बस्ने जस्तो चरित्र देखिएको धारणा राखे । जनताले महसुस हुने गरी काम सरकारले गर्न नसकेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement