भूकम्पबाट भत्किएका संरचनाको निर्माण तिव्र गतिमा गर्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएका संरचनाको निर्माणमा तिव्रता दिनु पर्ने बताएका छन् । २०७२ सालको भूकम्प पिडितको स्मृतिमा काठमाण्डौ महानगरपाकिलाले आयोजना गरेको ‘म बनाउछु मेरो धरहरा’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  भूकम्पबाट भत्किएका संरचनाको निर्माणमा तिव्रता दिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार सुरक्षित नेपाल, लोकतान्त्रिक नेपाल, समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा लागेको बताए ।   भूकम्पले ध्वस्त भएका संरचना निर्माणको अवधी ५ बर्ष भनिए पनि त्यस अनुसार प्रगति हुन नसकेको भन्दै उनले भने ‘हामीले ५ बर्षमा पुननिर्माण सक्ने योजना गरेका थियौं’ उनले थपे ‘तर अनेक बहाना र केही कानुनी जटिलताले त्यो लक्ष्य प्राप्त गर्न सकिएन । तर अब यी सबै कुरालाई उछिनेर तिव्रताका साथ पुन निर्माणको काम गर्नु पर्दछ ।’

अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला २०७२ फागुन ४ गते म बनाउछु मेरो धरहरा कार्यक्रम घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यो अभियानलाई जसरी पनि पुरा गर्ने प्रतिवद्धता व्यत्त गरे । ‘भूकम्पसंगै ढलेको धरहरालाई अब नेपाली आंफैंले स्वाभिमानका साथ उठाउनु पर्दछ’ उनले भने ‘यसका लागि सबै नेपालीले थोरै भए पनि योगदान गरौं ।’

धरहरा पुननिर्माणका लागि सरकार र आफू व्यक्तिगत रुपमा पनि योगदान गर्न तयार रहेको  भन्दै उनले भने ‘धरहरा निर्माणका लागि म कोदालो खन्न अथवा डोकामा इटा बोक्न पनि तयार छु’ ।

उनले विपक्षीहरुले अधिनयाकवाद आयो, सरकार बलियो भनेर जनतालाई भ्रम छर्न लागेको बताए।  ‘सरकार बलियो हुन्छ,स्थीरता हुन्छ । देशमा विकास हुन्छ ‘उनले ‘त्यसकारण फासिवाद होइन जनवाद आउछ । फासिवाद होइन समृद्धवाद आउछ । अधिनायकवाद होइन सुखीवाद आँउछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement