आलोपालो प्रस्तावले प्रदेश ६ को मुख्यमन्त्रीमा विवाद


काठमाडौं – एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीको कार्यकाल आलोपालो गर्ने विवाद निस्किएपछि प्रदेश ६ को मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबीचको छलफलमा पाँचवर्षे कार्यकाल बाँडफाँड गर्ने मुद्दा उठेको हो । एमाले नेता कँडेलले कार्यकाल बाँडफाँड गर्नुपर्ने प्रस्ताव राखेपछि माओवादीले अस्वीकार गरेको हो । जसले गर्दा एमाले र माओवादीले प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिबारे दाबीपत्र लेख्न सकेका छैनन् ।

एमाले स्रोतका अनुसार पहिलो चरणमा शाही र दोस्रो चरणमा कँडेल मुख्यमन्त्री हुनुपर्ने प्रसंग उठेपछि दुई दलबीच सहमति नभएको हो । ३ फागुनभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने व्यवस्था भएकाले दुई दलले पत्र लेखी प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिका लागि आग्रह गर्न सक्नेछन् ।

माओवादी नेता शाहीले एमालेले दलको बैठकपछि खबर गर्ने भनेको, तर अहिलेसम्म खबर नआएकाले प्रदेश प्रमुखलाई पत्र लेख्न नसकिएको बताए । मुख्यमन्त्रीको कार्यालयमा विवाद नटुंगिएका कारण मन्त्रालय बाँडफाँडबारे छलफलसमेत भएको छैन । स्रोतका अनुसार एमालेले पाउने चार मन्त्रालयमा केपी ओली पक्ष र माधव नेपाल पक्षले दुई–दुईवटा लिने गरी छलफल भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस
Advertisement