चन्द्रागिरि १२ को वडा कार्यालय नजिकै फेला परेकाे शङ्कास्पद वस्तु ‘डिस्पोज’

चन्द्रागिरि १२ को वडा कार्यालय नजिकै फेला परेकाे शङ्कास्पद वस्तु ‘डिस्पोज’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–काठमाडौँको चन्द्रागिरि नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ।

आज बिहान ८ बजे चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल र चन्द्रागिरि १२ को वडा कार्यालय नजिकै रहेको एक घरको आँगनमा शङ्कास्पद वस्तु फेला परेको हो ।

नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको छ ।

बिहान बलम्वु नजिकै प्रेसर कुकर बम जस्ताे वस्तु भेटिएकाे खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको थियाे ।

प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले शङ्कास्पद वस्तु फेला परेको जानकारी पाएकाे बताए ।

शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक आचार्य बताए ।