कोपा अमेरिकाः १५ वर्षपछि मेस्सीले उचालेको पहिलो अन्तराष्ट्रिय अवार्ड


एजेन्सी – कोपा अमेरीकाको उपाधि अर्जेन्टिनाले उचालेको छ । आज बिहान भएको खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउदै अर्जेन्टिनाले जित हात पारेको हो । ब्राजिलको रियो दि जेनेरियो स्थित माराकाना स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाका लागि डि मारियोले पहिलो हाल्फमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि मारियोले गरेको गोलनै निर्णयक बन्यो । यो जितसंगै अर्जेटिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको छ । यो खेल लियोनल मेस्सीका लागि भने पहिलो अन्तराष्ट्रिय उपाधि हो । उपाधि जितेको अर्जेन्टिनाका खेलाडीहरुले सबैभन्दा बण्ढी खुसी लियोनल मेस्सीसँग सेयर गरे । किनकी आजको खेलमा गोल गर्न नसके पनि फाइनलमा पुर्याउन मेस्सीको धेरै ठूलो योगदान रहेको छ ।

अर्जेन्टिनाका खेलाडीहरुले जितको खुसीयाली मनाउँदै मेस्सीलाई हावामा फ्याँकेका थिए । उनले अर्जेन्टिनाको २८ वर्ष लामो पर्खाईलाई समाप्त पार्न मद्दत गरेका छन् । पूर्ण समयमा अर्जेन्टिना उत्सवबाट पूर्ण रूपमा मेस्सीको केन्द्रबिन्दु स्पष्ट भयो कि उनीहरूको पुरानो प्रतिद्वन्द्वीबिरूद्ध विजय हासिल गर्ने यो टोलीको अभियान उनीहरूको पौराणिक अग्रगामी राष्ट्रको जस्तै थियो । मेस्सीले अर्जेन्टिनाको प्रतिनिधित्व गरेको १५ वर्ष भयो । ४ वटा विश्वकप र ६ वटा कोपा अमेरिका खेलको नेतृत्व गरेका मेस्सीले ५३ वटा म्याच खेलिसकेका छन् । तर, एउटा पनि अन्तराष्ट्रिय उपाधि दिन नसकेका मेस्सीले अन्ततः प्रमुख अन्तर्राष्ट्रिय पदक पाएका हुन् ।

अर्जेन्टिना सन् २०१६ मा लगातार दोस्रो कोपा अमेरिका फाइनलमा हारेको थियो । त्यस्तै सन् २०१४ को विश्वकपको फाइनल पनि अर्जेन्टिनाका लागि पीडादायी छ । आजको खेलमा मेस्सी ब्राजिलबिरूद्ध विष्फोटक रुपमा प्रस्तुत भएनन् । पहिलो हाल्फमा एक गोल खाएको ब्राजिल विपक्षीको पोष्टमा गोल गर्नुपर्ने दबाबमा थियो । दबाबका बाबजुद ब्राजिलले पटक–पटक अर्जेन्टिनाको पोष्टमा गोलको प्रयास गरिरहँदा अर्जेन्टिना दबाबमा परेको थियो । मेस्सीले दबाब कम गर्नका लागि गोल गर्ने प्रयास गरेपनि अन्ततः सफल हुन सकेन । मेस्सीको भविष्यलाई लिएर विभिन्न प्रश्नहरु उठ्ने गरेका छन् । गत हप्ता मात्र बार्सिलोनासँगको सम्झौता सकिएको छ । बार्सा मेस्सीलाई निरन्तरता दिन इच्छुक छ ।

तर, मेस्सीले अहिलेसम्म औपचारिक रुपमा धारणा सार्वजनिक गरेका छैनन् । साथै मेस्सीका लागि अन्तिम पटक विश्वकपको उपाधि चुम्ने अवसर आएको छ । कतारमा सन् २०९२२ मा हुने विश्वकप फुटबलमा मेस्सीका ३५ वर्षको उमेरमा उपाधि चुम्ने अन्तिम मौका हुनेछ । त्यस्तै सन् १९८६ देखि अर्जेन्टिना विश्वकपको उपाधि बाहिर रहेको छ । सफलताको आफ्नै व्यक्तिगत खोजी जारी छ र चोटपटकबाट ब्राजिलको २०१९ कोपाको जीत हराएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement