होटलमा बसेर खान प्रतिबन्ध, १० वटा नाकाबाट मात्र नेपाल प्रवेशको अनुमति


काठमाण्डु – सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने नियम ल्याएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागु हुने बताए । त्यस्तै उनले धार्मिक तथा सामाजिक स्थल, चिडियाखाना लगायतका क्षेत्र अझै नखुल्ने जानकारी दिए ।

त्यस्तै सरकारले १० वटा नाकाबाट मात्र नेपाल भित्रिन पाइने बताएको छ । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement